मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वालिङ जान्छु भन्दै घरबाट निस्किएका थापा आँधीखोलामा मृत भेटिए

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र २०, शनिबार
1.2K
SHARES
वालिङ जान्छु भन्दै घरबाट निस्किएका थापा आँधीखोलामा मृत भेटिए

भाद्र २०,स्याङ्जा । घरबाट ‘वालिङ जान्छु’ भन्दै निस्किएका वालिङ ११ गैरीखेतका ५५ वर्षीय प्रेमबहादुर थापा केही घण्टापछि आँधीखोलामा मृत अवस्थामा भेटिनुभएको छ ।

शनिबार बिहान करिब ९ बजे घरबाट बाहिरिएका थापा दिउँसो १२ः३० बजेतिर वालिङ नगरपालिका ९ लखने स्थित आँधीखोलाको बीच भागमा ढुंगाबीच अड्किएको अवस्थामा फेला पर्नुभएको हो ।

नदीमा शव देखेपछि स्थानीयले तत्काल वडा प्रहरी कार्यालय वालिङलाई खबर गरेका थिए । सूचनापछि प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रताप पौडेलको नेतृत्वमा ‘सोको’ टोली सहित १० जना प्रहरी घटनास्थल पुगेका थिए ।

प्रहरीका अनुसार टोली दिउँसो १२ः४० बजे घटनास्थल पुगेको थियो । घटनास्थल वडा प्रहरी कार्यालय वालिङबाट करिब चार किलोमिटर पूर्वतर्फ पर्छ ।

प्रहरीले घटनास्थलको अवस्था र घटनासँग सम्बन्धित विवरण संकलन गर्दै दिउँसो १ः२० बजेदेखि मुचुल्का उठाएको थियो । १ः३५ बजे मुचुल्का कार्य पूरा गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेकी मृतककी श्रीमती होमा थापाले शव आफ्ना श्रीमान् प्रेमबहादुरको भएको सनाखत गर्नुभएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा थापाले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको खुलेको छ ।

थापा आँधीखोलामा कसरी पुग्नुभयो र उहाको मृत्युको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार