मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डिजेलको भाउ १८ प्रतिशतले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र १२, शुक्रबार
936
SHARES
डिजेलको भाउ १८ प्रतिशतले घट्दा २ प्रतिशतले मात्रै घट्यो गाडी भाडा

१८ असार,काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। इन्धनको मूल्यमा ठुलो गिरावट आए पनि विभागले भाडा भने अत्यन्तै न्यून अर्थात् मात्र २ प्रतिशतले घटाएको हो ।

विभागले बिहीबार जारी गरेको सूचना अनुसार डिजेलको मूल्यमा प्रति लिटर ४३ रुपैयाँको गिरावट आएको छ। यसअघि डिजेलको औसत बजार मूल्य प्रति लिटर २३५‍.८३ रुपैयाँ रहेकोमा हाल घटेर १९२.८३ रुपैयाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा करिब १८.२३ प्रतिशत हुन आउँछ।

वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको छ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार