मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वालिङमा नुहाउने क्रममा आँधीखोलाले बगाएकी महिलाको शव फेला ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र ३०, मंगलवार
1.3K
SHARES
वालिङमा नुहाउने क्रममा आँधीखोलाले बगाएकी महिलाको शव फेला ।

भाद्र ३०, स्याङ्जा । स्याङ्जाको वालिङमा आँधीखोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव केही समय पछि फेला परेको छ ।
वालिङ नगरपालिका ९ भुम्रेमा मंगलबार बिहान नुहाउने क्रममा ५३ वर्षीया माया पाण्डे खोलाले बगाएर बेपत्ता हुनुभएको थियो । खोजीका क्रममा उहाँको शव वालिङ १३ गाहाखोला नजिक आँधीखोलाको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
स्थानीयका अनुसार बिहान करिब ५ बजेतिर पाण्डेलाई खोलाले बगाएको थियो । घटना लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा प्रहरी टोली तथा सशस्त्र प्रहरी ३० नं. गुल्मबाट गुल्मपति प्रहरी नायब उपरीक्षक लक्ष्मण बहादुर बस्नेतको नेतृत्वमा २१ जनाको टोली खोजी तथा उद्धारका लागि परिचालन भएको थियो ।
प्रहरी र सशस्त्र प्रहरीको टोलीले आँधीखोलाको बीचबाट पाण्डेको शव बाहिर निकालेको हो ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र ३०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार