मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशबाट सिधै सरकारी खातामा बाढीपीडितका लागि सहयोग पठाउन सकिने

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र ११, बिहीबार
988
SHARES
विदेशबाट सिधै सरकारी खातामा बाढीपीडितका लागि सहयोग पठाउन सकिने

११ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

सरकारले यसअघि नेपाली बैंकका खाता नम्बर सार्बजनिक गरेकोमा अब विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को घडीमा सहयोग गर्न चाहने विदेशी नागरिक र संस्थाले सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्ने गरि वेब पोर्टल संचालनमा ल्याएको छ। सहयोगका लागि वेब पोर्टल प्रयोग गर्न सकिने सरकारले जानकारी दिएको छ ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक भएकाले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको हो ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार