मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साउन १ गते नै मौद्रिक नीति ल्याउने तयारी, राष्ट्र बैंक ऐन संशोधन हुँदै

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र १२, शुक्रबार
1.1K
SHARES
साउन १ गते नै मौद्रिक नीति ल्याउने तयारी, राष्ट्र बैंक ऐन संशोधन हुँदै

९ भदौ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आवश्यक कानुनी तयारी अगाडि बढाएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा यो सहमति जुटेको हो ।

बजेट सार्वजनिक गर्ने समय निश्चित गरिएजस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन १ गतेको मिति तय गरिएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए । बैंकर्स एसोसिएसन र विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को प्रावधानप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको सभापति बुढाथोकीले बताए ।

उक्त दफाका कारण सामान्य कारबाहीलाई आधार बनाएर आफूहरूलाई अयोग्य घोषित गर्ने व्यवस्था रहेको भन्दै बैंकरहरूले यसलाई ‘अभिशाप’ को संज्ञा दिएका छन् ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार