मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गल्याङको शैक्षिक पहिचान बनेको चिराग मावि ४४औँ वर्षमा ।

  • deepkhabar deepkhabar
  • २०८३ कार्तिक २१, शुक्रबार
1.6K
SHARES
गल्याङको शैक्षिक पहिचान बनेको चिराग मावि ४४औँ वर्षमा ।

कार्तिक २०, स्याङ्जा । चार दशक भन्दा लामो समय देखि गल्याङ क्षेत्रका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आएको चिराग आवासीय माध्यमिक विद्यालयले आफ्नो ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
शैक्षिकउपलब्धिको समीक्षा, भावी योजनाको प्रस्तुति र विद्यार्थीका प्रतिभा प्रदर्शनसँगै विद्यालयले आफ्नो लामो शैक्षिक यात्रालाई उत्सवका रूपमा मनाएको हो ।
वि.सं. २०३९ सालमा स्थापना भएको विद्यालयले आफ्नै प्राङ्गणमा आयोजना गरेको समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद श्रेष्ठको अध्यक्षता तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराई, उपप्रमुख हेमा न्यौपाने, वडा अध्यक्षहरु, अभिभावक, समाजसेवी लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा प्रधानाध्यापक टेक बहादुर खत्रीले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उपलब्धि, विद्यार्थीको अवस्था, सञ्चालन भइरहेका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप र आगामी योजनाबारे जानकारी गराउनु भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले शिक्षा समाज रूपान्तरण र राष्ट्र निर्माणको सबैभन्दा महत्वपूर्ण आधार भएको बताउनुभयो ।  विद्यालयले लामो समयदेखि शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै शिक्षालाई समयसापेक्ष, गुणस्तरीय र व्यावहारिक बनाउनुपर्ने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराईले चिराग आवासीय माध्यमिक विद्यालय गल्याङको शैक्षिक विकास र सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताउनुभयो । बदलिँदो समयसँगै शिक्षा प्रणाली र शिक्षण पद्धतिमा पनि सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रविधिमैत्री, गुणस्तरीय, व्यावहारिक तथा संस्कारयुक्त शिक्षामार्फत विद्यार्थीलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो ।
हाल विद्यालयमा ९६६ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ७० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा सिर्जनात्मक कार्यक्रम मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । अभिभावक, शिक्षक, शिक्षाप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले कार्यक्रमलाई उत्सवमय बनाएको थियो ।
स्थापनाको ४४ वर्ष पूरा गरिसकेको विद्यालय केवल पठनपाठनमा मात्र सीमित नभई सामाजिक चेतना, अनुशासन र शैक्षिक संस्कार विकासमा समेत सक्रिय रहँदै आएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ कार्तिक २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार