मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पढाइसँगै व्यावहारिक सीप सिक्दै प्रद्युम्न पनेरू माविका विद्यार्थी ।

  • deepkhabar deepkhabar
  • २०८३ कार्तिक १६, आईतवार
585
SHARES
पढाइसँगै व्यावहारिक सीप सिक्दै प्रद्युम्न पनेरू माविका विद्यार्थी ।

कार्तिक १५, स्याङ्जा । किताबी ज्ञानमा मात्रै सीमित नभई व्यवहारमै कृषि सीप सिक्दै आएका स्याङ्जाको आँधीखोला गाउँपालिका–५, रंगेठाँटी स्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थी कृषि उत्पादनमा सक्रिय बनेका छन् ।
विद्यालयको ‘कमाउँदै पढ्दै’ कार्यक्रम अन्तर्गत बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले उत्पादन गरेका काउली, बन्दा र ब्रोकाउलीका बेर्ना बिक्रीका लागि तयार भएका छन् । विद्यार्थी आफैँ बीउ रोप्ने, नर्सरी व्यवस्थापन गर्ने, बेर्ना हुर्काउने देखि बजारीकरण सम्मका काममा सहभागी हुँदै आएका छन् ।
विद्यालयमा रहेका पाँचवटा टनेलमा विभिन्न तरकारी तथा बेर्ना उत्पादन गरिँदै आएको छ । बेर्ना बिक्रीबाट प्राप्त आम्दानी विद्यार्थीको शैक्षिक भ्रमण लगायत गतिविधिमा खर्च गर्ने गरिएको छ ।
विगतको तुलनामा विद्यार्थी कृषि उत्पादनका काममा थप सक्रिय हुँदै गएको विद्यालयका प्रधानाध्यापक दिप्ती नारायण शर्माले बताउनुभयो । आगामी दिनमा कक्षा ८ र ९ लगायत अन्य कक्षाका विद्यार्थीलाई समेत टनेलमा छुट्टाछुट्टै प्लट उपलब्ध गराई उत्पादन र आम्दानीसँग जोड्ने विद्यालयको योजना रहेको छ ।
बाली विज्ञान विषयको पठनपाठन तथा कृषि अभ्यासका लागि आँधीखोला गाउँपालिका, वडा कार्यालय, इको हिमाल संस्था र आक्स नेपालले समेत सहयोग गर्दै आएका छन् ।
विद्यालयको यस अभ्यासले विद्यार्थीलाई किताबी ज्ञानसँगै श्रमको सम्मान, व्यावहारिक सीप, उत्पादन र उद्यमशीलताको महत्त्व सिकाउँदै आत्मनिर्भर बन्न प्रेरित गरेको छ ।



deepkhabar deepkhabar   
  • २०८३ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार