मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस रुपन्देही–५ को नेतृत्वमा कमलप्रसाद भुसाल क्षेत्रीय सभापतिमा निर्वाचित ।

  • deepkhabar deepkhabar
  • २०८३ कार्तिक १४, शुक्रबार
546
SHARES
कांग्रेस रुपन्देही–५ को नेतृत्वमा कमलप्रसाद भुसाल क्षेत्रीय सभापतिमा निर्वाचित ।

कार्तिक १३, रुपन्देही । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनबाट कमलप्रसाद भुसाल क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ ।

लुम्बिनी स्थित बुद्धमाया होटल प्यालेसमा आयोजित अधिवेशनको उद्घाटन समारोहमा दामोदर भुसाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।  कार्यक्रममा युवा नेता विष्णु पोखरेल, लीला कुमारी पौडेल, आशिष शर्मा, पूर्व प्रदेशसभा सदस्य रमा अर्याल तथा गुनाखर पोखरेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनमा पार्टीको संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र, एकता र आगामी राजनीतिक रणनीतिबारे चर्चा गरिएको थियो । वक्ताहरूले कांग्रेसलाई जनतासँग जोड्दै संगठनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसअघि अधिवेशनको पूर्वसन्ध्यामा शशांक कोइराला पक्षधरले रुपन्देही–५ मा र्‍याली सहित शक्ति प्रदर्शन गरेको थियो । उक्त र्‍यालीमा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
यसैबीच युवा नेता विष्णु पोखरेलले लुम्बिनी बचाउ अभियानका संयोजक अकरम खानसँग राजनीतिक नियुक्तिमा पारदर्शिता, भागबन्डा र जवाफदेहिताका विषयमा छलफल गर्नुभएको थियो ।
नयाँ नेतृत्व चयनसँगै रुपन्देही–५ मा कांग्रेसको संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ कार्तिक १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार