मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लायन्सको २२ लाखको राहत सेतीवेणीका बाढीपीडितलाई, ४५ परिवार लाभान्वित ।

  • deepkhabar deepkhabar
  • २०८३ कार्तिक १९, बुधबार
377
SHARES
लायन्सको २२ लाखको राहत सेतीवेणीका बाढीपीडितलाई, ४५ परिवार लाभान्वित ।

स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको संगमस्थल सेतीवेणीमा गत असोज १० गते आएको बाढीबाट प्रभावित परिवारलाई करिब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ । लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (LCIF) को १५ हजार अमेरिकी डलर बराबरको आपत्कालीन सहयोग अन्तर्गत कार्तिक १६ गते राहत सामग्री हस्तान्तरण गरिएको हो ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालका डिस्ट्रिक्ट गभर्नर लायन रत्न पराजुली एमजेएफको पहलमा उक्त राहत सहयोग उपलब्ध भएको हो । विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनुका साथै उनीहरूको पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
उक्त राहत सामग्री स्याङ्जा तर्फका ३४ र पर्वत तर्फका ११ गरी कुल ४५ घरपरिवारलाई वितरण गरिएको हो । बाढीका कारण प्रभावित बनेका परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउँदा दैनिक जीवनयापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न राहत हस्तान्तरण कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ गल्याङका अध्यक्ष सूर्य भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा  गल्याङ नगर प्रमुख, उपप्रमुख, विभिन्न वडाका अध्यक्ष,  स्याङ्जा जिल्लाका लायन्स क्लबका प्रतिनिधि, पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
विपद्का बेला लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन मार्फत प्राप्त सहयोगले बाढीपीडित परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ । राहत वितरणले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै आगामी दिनमा पुनःस्थापनाका लागि समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ कार्तिक १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार