मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गल्याङमा मुटु परीक्षण शिविर, १७३ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा ।

  • deepkhabar deepkhabar
  • २०८३ कार्तिक २२, शनिबार
780
SHARES
गल्याङमा मुटु परीक्षण शिविर, १७३ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा ।

कार्तिक २१, स्याङ्जा । मुटुरोगको पहिचान र उपचारमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्य सहित गल्याङ नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क मुटु स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श शिविरबाट १७३ जना लाभान्वित भएका छन् ।
गल्याङ नगरपालिकाको आयोजनामा शुक्रबार गल्याङ नगर अस्पतालमा सम्पन्न शिविरमा स्वदेशी तथा विदेशी विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो ।
नगरप्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित शिविर नेशनल हार्ट एण्ड लङ सोसाइटी नेपाल, चेक हार्ट फाउन्डेसनलगायत संस्थाको सहकार्य तथा चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो ।
शिविरमा मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी), ईसीजी, मधुमेह तथा उच्च रक्तचाप परीक्षणसँगै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श दिइएको थियो । परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका ७ जनालाई उच्च स्वास्थ्य संस्थामा प्रेषण गरिएको छ भने आर्थिक अवस्था कमजोर भएका बिरामीको थप उपचारका लागि आवश्यक सहजीकरण समेत गरिएको नगर अस्पतालले जनाएको छ ।
आर्थिक अभावका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले स्थानीय स्तरमै मुटु सम्बन्धी स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ । समयमै रोगको पहिचान र उपचारमा नागरिकलाई सचेत गराउने उद्देश्यले आयोजित शिविरबाट १७३ जनाले प्रत्यक्ष लाभ लिएका छन् ।



deepkhabar deepkhabar   
  • २०८३ कार्तिक २२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार