मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्याङ्जाको चापाकोटमा नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन १, बिहीबार
910
SHARES
स्याङ्जाको चापाकोटमा नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु ।

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका ८ माडीमा सिंचाइका लागि प्रयोग हुँदै आएको नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चापाकोट ८ माडी निवासी ८२ वर्षीय यमबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ आफ्नै घरबाट करिब ८ सय मिटर पश्चिममा रहेको छोरीको घरतर्फ जाने क्रममा उहाँ ज्याग्दी खोला स्थित सिंचाइ शाखा नहरमा अचानक चिप्लिनुभएको थियो । नहरमा डुबेका उहाँलाई उद्धार गर्ने प्रयास गरिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्षेत्री श्रीमती, छोरा र बुहारीसँगै आफ्नै घरमा बस्दै आउनुभएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार