मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शान्ति सुरक्षाबारे स्याङ्जा प्रहरी र पत्रकारबीच अन्तरक्रिया ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र ३१, बुधबार
2.1K
SHARES
शान्ति सुरक्षाबारे स्याङ्जा प्रहरी र पत्रकारबीच अन्तरक्रिया ।

प्रेम बहादुर थापा
भाद्र ३१, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भदौ महिनामा जिल्लामा भएका अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा प्रहरी गतिविधिको मासिक विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बुधबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा भदौ महिनामा जिल्लाभर भएका अपराध दर्ता, अनुसन्धान, फैसला कार्यान्वयन तथा शान्ति सुरक्षा सम्बन्धी गतिविधिको विवरण प्रस्तुत गरिएको हो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले मासिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा दर्ता भएका अपराधका शीर्षकगत तथ्यांक, फैसला कार्यान्वयनको अवस्था, बाँकी मुद्दा तथा भदौ महिनामा भएका मुख्य अपराधका विषयमा जानकारी गराउनुभयो ।
अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीले सञ्चालन गरेका विभिन्न गतिविधि, अनुसन्धानको अवस्था र आगामी दिनमा अपनाइने रणनीति बारे समेत कार्यक्रममा छलफल भएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले नागरिकको अमन चयन र शान्ति सुरक्षाका लागि प्रहरी सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अपराध तथा सुरक्षा सम्बन्धी सूचना सम्प्रेषण गर्दा तथ्यमा आधारित र सही सूचना प्रवाहका लागि प्रहरी र पत्रकार बीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
‘सही सूचना सम्प्रेषणका लागि पत्रकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको राठोरको भनाइ रहेको छ । कार्यक्रममा स्याङ्जाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । पत्रकारहरूले अपराध अनुसन्धान, फैसला कार्यान्वयन, शान्ति सुरक्षा तथा प्रहरी सेवा सम्बन्धी विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार