मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका नेतृत्व छान्दै कांग्रेस, आज देशभर अधिवेशन ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन ७, बुधबार
442
SHARES
पालिका नेतृत्व छान्दै कांग्रेस, आज देशभर अधिवेशन ।

असोज ७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ । अधिवेशन मार्फत स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयन गरिँदैछ ।
नयाँ विधान अनुसार प्रत्येक पालिकामा सभापति, दुई उपसभापति, सचिव र सह सचिव गरी पाँच पदाधिकारी निर्वाचित हुनेछन् । दुई उपसभापति मध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था छ ।
कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिका सदस्य मध्येबाट सभापतिले मनोनयन गर्नेछन् ।
यसअघि कांग्रेसले देशभर वडा तहको अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा अन्य प्रतिनिधिहरूले पालिका तहको नेतृत्व चयनमा सहभागिता जनाउनेछन् ।
पालिका अधिवेशनपछि कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत क्रमशः प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहका अधिवेशन हुनेछन् ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार