मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राङखोलाबाट ११५ लिटर घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन २०, मंगलवार
1.4K
SHARES
राङखोलाबाट ११५ लिटर घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका १० राङखोला क्षेत्रबाट घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।

असोज २० गते राङखोला क्षेत्रमा चेकजाँच गर्ने क्रममा प्रहरीले ११५ लिटर घरेलु मदिरा तथा घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको मदिरा तथा कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार