मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोखरामा ट्रकको ठक्करबाट स्याङ्जाका २५ वर्षीय मोटरसाइकल चालकको मृत्यु ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र २४, बुधबार
715
SHARES
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जाका २५ वर्षीय मोटरसाइकल चालकको मृत्यु ।

२४ भाद्र । पोखराको पृथ्वीचोकमा भएको सवारी दुर्घटनामा स्याङ्जाका एक युवकको ज्यान गएको छ ।
बुधबार दिउँसो करिब १ बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ का २५ वर्षीय नवराज दर्जीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल सहित ट्रक चालक सिन्धुलीको कमलामाई नगरपालिका ८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार