मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठुलाडिही कप असोज २५ देखि, विजेतालाई १ लाख ५ हजार ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन २१, बुधबार
5.9K
SHARES
ठुलाडिही कप असोज २५ देखि, विजेतालाई १ लाख ५ हजार ।

प्रेमबहादुर थापा

स्याङ्जा । पुतलीबजार नगरपालिका ७ ठुलाडिहीमा पाँचौँ ठुलाडिही कप अन्तर्गत वडा स्तरीय पुरुष, खुला महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । ठुलाडिही रि–युनाइटेड क्लबको आयोजनामा विजयादशमी २०८३ को अवसर पारेर असोज २५ देखि ३१ गतेसम्म ठुलाडिही बहुउद्देश्यीय खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिताको पुरुष भलिबलतर्फ प्रथम हुने टोलीले १ लाख ५ हजार ५ सय ५० रुपैयाँ, द्वितीयले ५० हजार ५ सय ५० रुपैयाँ र तृतीयले २५ हजार ५ सय ५० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, खुला महिला भलिबल तर्फ प्रथम हुने टोलीले २० हजार ५ सय ५० रुपैयाँ र द्वितीयले १० हजार ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछन् । भेट्रान्स भलिबलतर्फ प्रथम हुने टोलीले २५ हजार ५ सय ५० रुपैयाँ र द्वितीय हुने टोलीले १५ हजार ५ सय ५० रुपैयाँ पुरस्कार पाउनेछन्। यस विधामा पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा अन्य उत्कृष्ट विधाका खेलाडीलाई समेत पुरस्कार प्रदान गरिनेछ । खेलकुदसँगै विभिन्न उमेर समूहका मनोरञ्जनात्मक प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
वडा स्तरीय पुरुष भलिबलमा प्रत्येक टोलीले दुई जना बाहिरी खेलाडी समावेश गर्न पाउनेछन् । भेट्रान्स तर्फ ४० वर्षभन्दा माथिका तीन जना र ३५ वर्षभन्दा माथिका तीन जना खेलाडी अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पुरुष भलिबलका लागि ६ हजार ५ सय रुपैयाँ र भेट्रान्सका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने खुला महिला भलिबलमा दर्ता शुल्क नलाग्ने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक उत्तम थापाका अनुसार विजयादशमीको अवसरमा खेलकुद र सांस्कृतिक कार्यक्रम मार्फत स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा स्थानीयसँगै बाहिरी टोलीको समेत सहभागिता रहने अपेक्षा गरिएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार