मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगायो ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन ११, आईतवार
1.3K
SHARES
बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगायो ।

असोज ११, स्याङ्जा । अविरल वर्षाको कारण कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ । कालीगण्डकी गाउँपालिका ७ मिर्मीबाट गुल्मीको कालीगण्डकी गाउँपालिका १ जोड्ने पुल बाढीको चपेटामा परेपछि दुई जिल्ला बीचको सडक सम्पर्क प्रभावित भएको हो ।
पछिल्ला केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण कालीगण्डकी नदीको जलसतह तीव्र रूपमा बढेको थियो । नदीको बहाव बढ्दै गएपछि पुलमा क्षति पुग्न थालेको र आइतबार बिहान सम्म आइपुग्दा पुल नै नदीले बगाएको स्थानीयले बताएका छन् ।
पुल बगेपछि मिर्मी हुँदै गुल्मी आवतजावत गर्ने स्थानीय तथा यात्रुका लागि समस्या थपिएको छ । दैनिक आवतजावत, स्थानीय व्यापार तथा यातायात सेवा समेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।
कालीगण्डकीमा पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्रमा यस अघि नै सतर्कता अपनाउन आग्रह गरिएको थियो । लगातारको वर्षाका कारण नदी तथा आसपासका संरचनामा जोखिम बढिरहेको अवस्थामा पुल समेत बगेको हो ।
पुल बगाएपछि तत्काल वैकल्पिक आवागमनको व्यवस्था तथा क्षतिको विवरणबारे सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार