मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२५ वर्षदेखि छाङछाङदीमा साधु बनेर बसेका कुमार स्वामी वालिङमा मृत

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र २२, सोमबार
520
SHARES
२५ वर्षदेखि छाङछाङदीमा साधु बनेर बसेका कुमार स्वामी वालिङमा मृत

२२ भदौ, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ४ स्थित छाङछाङदी मन्दिरमा लामो समयदेखि साधुको रूपमा बस्दै आएका एक भारतीय नागरिक वालिङमा मृत अवस्थामा फेला पर्नुभएको छ ।
करिब २५ वर्ष देखि छाङछाङदी मन्दिरमा बस्दै आउनुभएका भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला, गुलुमलाइ घर भएका करिब ५५ वर्षीय कुमार स्वामी (पातली) सोमबार बिहान वालिङ नगरपालिका १ खत्रीखोला स्थित कृष्णप्रसाद ढकालको घरमा मृत फेला पर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार कुमार स्वामी बिहान करिब साढे ७ बजे सुतिरहेको अवस्थामा मृत भेटिनु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक प्रारम्भिक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएको छ ।
प्रहरीका अनुसार कुमार स्वामीले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यद्यपि उहाँको मृत्युको वास्तविक कारण भने शव परीक्षण पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
मृतकका आफन्तलाई घटनाबारे जानकारी गराउने प्रक्रिया अघि बढाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिनुभयो ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार