मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको १ करोडभन्दा बढी सहयोग ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र ३१, बुधबार
1.3K
SHARES
भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको १ करोडभन्दा बढी सहयोग ।

भाद्र ३१ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्थापनाका लागि गरिमा विकास बैंक लिमिटेडले रु. १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकका कर्मचारीहरूले आफ्नो एक दिनको तलब तथा भत्ता बराबरको रु. १६ लाख २० हजार ५ सय ५० र बैंकको तर्फबाट रु. ३४ लाख ९० हजार ५ सय ६१ गरी रु. ५१ लाख ११ हजार १ सय ११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।
त्यस्तै बाढी प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनस्थापनाका लागि बैंकले आफ्नो CSR कोषबाट थप रु. ५० लाख प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त रकम स्थानीय तहसँगको समन्वयमा आवश्यक क्षेत्रमा परिचालन गरिने बताइएको छ ।
गरिमा विकास बैंकले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनस्थापनाको कामना गर्दै राहत तथा पुनर्निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र ३१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार