मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिल बिना ल्याइएको १५५ दर्जन चुरा गल्याङबाट बरामद ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन ५, सोमबार
1.4K
SHARES
बिल बिना ल्याइएको १५५ दर्जन चुरा गल्याङबाट बरामद ।

असोज ५ । स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दीबाट प्रहरीले बिलबिना ल्याइएका १५५ दर्जन चुरा बरामद गरेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा  सवारी साधन जाँच गर्ने क्रममा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारबाट प्रहरीले चुरा फेला पारेको हो । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले भदौ २६ गते कारको जाँच गर्दा बिलबिना ल्याइएका चुरा बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार BR 01 HS 0664 नम्बरको कारबाट बरामद गरिएको चुराको अन्दाजी मूल्य ४० हजार रुपैयाँ रहेको छ ।

बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि असोज ५ गते भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार