मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्रामीण स्वावलम्बन साना किसानमा नयाँ नेतृत्व, अध्यक्षमा रेग्मी ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन ६, मंगलवार
1.1K
SHARES
ग्रामीण स्वावलम्बन साना किसानमा नयाँ नेतृत्व, अध्यक्षमा रेग्मी ।

प्रेम बहादुर थापा ।
स्याङ्जा । ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लिमिटेड, अर्जुनचौपारीको २४औँ साधारण सभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बोधनारायण रेग्मीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा तीर्थकुमारी पौडेल तथा सदस्यहरूमा यामबहादुर रोका, प्रेमबहादुर थापामगर, गंगाबहादुर गुरुङ, डबलप्रसाद अर्याल, बेलप्रसाद गुरुङ, दिलीप रोकाहा र सुबिता विक चयन भएका छन ।
त्यस्तै, लेखा समितिको संयोजकमा ओमबहादुर गुरुङ तथा सदस्यहरूमा चिनमाया गुरुङ र खकीमाया गुरुङ चयन भएका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठकले सहकारीलाई किसानको आर्थिक तथा सामाजिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो  ।
सहकारीलाई ऋण लिने दिने संस्थामा मात्र सीमित नगरी किसानको साथीका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै पाठकले संस्थाको प्रगतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारण सभा तथा अधिवेशनका अवसरमा संस्था अन्तर्गतका उत्कृष्ट विभिन्न समूहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी सदस्य कमला पौडेल सुवेदी, संस्थाका पूर्वअध्यक्ष तथा अर्जुनचौपारी गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर गुरुङ, गाउँपालिकाका निवर्तमान अध्यक्ष दीर्घनारायण अर्याल, निवर्तमान उपाध्यक्ष चिनमाया गुरुङ र साना किसान कृषि सहकारी संस्था पोखरा शाखाका प्रबन्धक कृष्ण अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष बोधनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रबन्धक शालिग्राम काफ्लेले गर्नुभएको थियो ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार