मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिरकोट १ मा जिप दुर्घटना, एक जनाको मृत्यु ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन ८, बिहीबार
819
SHARES
भिरकोट १ मा जिप दुर्घटना, एक जनाको मृत्यु ।

असोज ८, स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका १ करुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
बिहीबार साँझ करिब ५ बजे भिरकोट ३ बजादीमा विवाहको भोज खाएर बयरघारी तर्फ फर्किँदै गरेको ग १ ज ७६१० नम्बरको जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार घुम्तीमा पुग्दा जिपको स्टेरिङ लक भएपछि चालकले मोड्न नसक्दा जिप सडकबाट तल पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनापछि वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा चालक सहित ११ जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भिरकोट नगर अस्पताल लगिएको थियो ।
उपचारका क्रममा पुतलीबजार नगरपालिका १० का ७६ वर्षीय उत्तम सिंह गुरुङलाई चिकित्सकले साँझ ५ः१५ बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घाइते मध्ये स्याङ्जा भिरकोट नगरपालिका २ का ५० वर्षीय जिप चालक खेमप्रसाद गुरुङ प्रहरी नियन्त्रणमा छन् ।
घाइते हुनेमा पोखरा महानगरपालिका ८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका २ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार १२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा २ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा ७ की ५५ वर्षीया केशमाया गुरुङ, बिरुवा २ का ६० वर्षीय यमबहादुर गुरुङ, सोही स्थानका ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार १० का ८० वर्षीय पदमबहादुर गुरुङ, नवलपरासी घर भई हाल भिरकोट २ दहथुम बस्ने ४३ वर्षीया रस माया गुरुङ र भिरकोट ३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ रहेका छन् ।
घाइते मध्ये अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार