मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देवीप्रसाद वनवासीलाई पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन १८, आईतवार
1.7K
SHARES
देवीप्रसाद वनवासीलाई पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार’

स्याङ्जा । नेपाली साहित्य तथा लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिएको छ ।

स्याङ्जाको करादीखोला स्थित उपाध्याय परिवारले आफ्ना स्वर्गीय बुबाआमा पोतप्रसाद र पवित्रादेवी उपाध्याय तथा छोरा चेतनारायण उपाध्याय ‘प्रवीण’को स्मृतिमा स्थापना गरेको पुरस्कार वनवासीलाई प्रदान गरिएको हो ।

करादीखोला स्थित उपाध्याय निवासमा आयोजित कार्यक्रममा वनवासीलाई रु. ११ हजार १११ नगद सहित सम्मान गरिएको हो । वनवासीले वि.सं. २०२० मा ‘माछापुच्छ्रेको काख’ कृति प्रकाशित गर्दै साहित्यिक यात्रा सुरु गर्नुभएको थियो ।

अग्रज र युवा स्रष्टालाई आलोपालो सम्मान गर्ने उद्देश्यले २०८१ मा स्थापना गरिएको पुरस्कार कोषबाट हरेक वर्ष पुरस्कार प्रदान गरिनेछ । आगामी वर्षदेखि पुरस्कार राशि क्रमशः वृद्धि गरिने परिवारका तर्फबाट कोषका संस्थापक रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार