मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गल्याङमा जलवायु उत्थानशील पानी व्यवस्थापन बारे गोष्ठी सम्पन्न ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन २३, शुक्रबार
1.8K
SHARES
गल्याङमा जलवायु उत्थानशील पानी व्यवस्थापन बारे गोष्ठी सम्पन्न ।

गल्याङ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा पानीका स्रोतको संरक्षण र दिगो व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
गल्याङ नगरपालिकाको आयोजना तथा नेपाल पानी सदुपयोग फाउन्डेसन (NWCF) को सहजीकरणमा आयोजित ‘जलवायु उत्थानशील पानी व्यवस्थापन नीति एवम् मापदण्ड मूलप्रवाहीकरण गोष्ठी’ अस्ट्रेलियन एड र द एसिया फाउन्डेसनको सहयोगमा सम्पन्न भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा. ङमिन्द्र दाहालले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।
नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा. दाहालले पानीका स्रोतको संरक्षणलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने आवश्यकता माथि प्रकाश पार्नुभयो । उहाँले पानीका मुहान सुक्नुमा जलवायु परिवर्तनको प्रभाव मात्र नभई अव्यवस्थित विकास निर्माण, पानीको जथाभावी निकासी, विषादीको प्रयोग तथा मुहान संरक्षणका लागि उपयुक्त वनस्पति र बुट्यान सम्बन्धी ज्ञानको कमी समेत जिम्मेवार रहेको विषयमा सहजीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जलवायु परिवर्तनका असर न्यूनीकरण र पानीका स्रोतको संरक्षणका लागि स्थानीय तहका नीति तथा योजनामा जलवायु उत्थानशील पानी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले पानीका मुहान संरक्षण र दिगो व्यवस्थापनका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पानीका मुहान सुक्दै जानुका कारण, अव्यवस्थित विकास निर्माण, खडेरी, भलपहिरो तथा जलवायु परिवर्तनले स्थानीय बस्ती र पूर्वाधारमा पारेका प्रभावबारे कार्यक्रममा छलफल गरिएको थियो ।
स्थानीय तहका योजना तथा कार्यक्रममा जलवायु अनुकूल पानी व्यवस्थापनका नीति र मापदण्ड समेट्दै पानीका स्रोतको संरक्षण तथा विपद्को जोखिम न्यूनीकरणमा जोड दिइएको आयोजकले जनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार