मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युवा नेतृत्वलाई अघि बढाउँदै पुरानो पुस्ताको अनुभवलाई साथमा लिनुपर्छ : गगन थापा ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र २६, शुक्रबार
1K
SHARES
युवा नेतृत्वलाई अघि बढाउँदै पुरानो पुस्ताको अनुभवलाई साथमा लिनुपर्छ : गगन थापा ।

भाद्र २६, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिमा युवा पुस्तालाई नेतृत्वको अवसर दिँदै पुरानो पुस्ताको अनुभवलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिको अवसरमा स्याङ्जामा आयोजित शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले बदलिँदो राजनीतिक तथा सामाजिक परिवेश अनुसार पार्टीले पनि आफूलाई समयानुकूल रूपान्तरण गर्दै लैजानुपर्ने बताउनुभएको हो ।
उहाँले पुरानो पुस्ताले पार्टी, लोकतान्त्रिक आन्दोलन र समाजका लागि गरेको योगदानलाई सम्मान गर्दै उहाँहरूको अनुभवबाट सिकेर नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सभापति थापाले नयाँ पुस्ताको ऊर्जा, सोच र क्षमतालाई पुरानो पुस्ताको अनुभवसँग जोड्न सके नेपाली कांग्रेस थप सशक्त र प्रभावकारी बन्न सक्ने बताउनुभयो ।
शोकसभामा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति राजु थापा लगायतका वक्ताहरूले पनि स्वर्गीय गोपालमान श्रेष्ठले नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभएको थियो ।
वक्ताहरूले श्रेष्ठले पार्टीप्रति निर्वाह गर्नुभएको भूमिका, संगठन निर्माणमा पुर्‍याउनुभएको योगदान तथा लामो राजनीतिक यात्राबाट पार्टीलाई दिनुभएको योगदानको चर्चा गर्दै उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार