मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट खस्दा महिलाको मृत्यु ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र २९, सोमबार
1.7K
SHARES
स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट खस्दा महिलाको मृत्यु ।

भाद्र २९, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
अर्जुनचौपारी ४, सुनार टोलकी ३५ वर्षीया सबिना सुनार सोमबार बिहान मेलपानी भिरमा घाँस काट्ने क्रममा करिब ४ सय मिटर तल खस्नुभएको थियो । भिरबाट खसेर गम्भीर घाइते हुनुभएकी सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगेको थियो ।
अस्पताल पुर्‍याएपछि चिकित्सकले बिहान ११ः५० बजे उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार