मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डिएसपी प्रताप पौडेल नगद पुरस्कार सहित सम्मानित ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन ३०, शुक्रबार
17.7K
SHARES
डिएसपी प्रताप पौडेल नगद पुरस्कार सहित सम्मानित ।

असोज ३०, स्याङ्जा  । वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रताप पौडेल उत्कृष्ट कार्यसम्पादनका आधारमा नगद पुरस्कार सहित सम्मानित हुनुभएको छ ।

७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पौडेललाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर कार्यालयको आन्तरिक तथा बाह्य व्यवस्थापन, फैसला कार्यान्वयन, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
त्यसैगरी, सिद्धार्थ राजमार्गमा हुन सक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकको अवस्था र सडक सुरक्षा सम्बन्धी जानकारी समेटिएको क्यूआर कोड सञ्चालनमा ल्याउन समेत पौडेलले पहल गर्नुभएको थियो । उक्त प्रविधि मार्फत सडक प्रयोगकर्तालाई आवश्यक जानकारी उपलब्ध गराउने तथा सडक सुरक्षा प्रति सचेतना बढाउने प्रयास गरिएको छ ।
कार्यालयको व्यवस्थापन देखि अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुव्यवस्था कायम गर्ने कार्यसम्म निर्वाह गरेको जिम्मेवारीको कदर गर्दै प्रहरी दिवसको अवसरमा पौडेललाई सम्मान गरिएको हो ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन ३०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार