मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय शिक्षा दिवसमा गल्याङका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन ३, शनिबार
923
SHARES
राष्ट्रिय शिक्षा दिवसमा गल्याङका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

असोज ३, गल्याङ । राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा स्याङ्जाको गल्याङ नगरपालिकाले शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
नगरपालिकाका अनुसार विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका ७६ जना विद्यार्थी, कक्षा १२ मा उत्कृष्ट ५ जना र खेलकुदतर्फ उत्कृष्ट २ जना विद्यार्थी सम्मानित भएका छन् । यस्तै कक्षा ५ तर्फ उत्कृष्ट २० जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।
शिक्षक तर्फ दीर्घ सेवा सम्मान प्राप्त गर्ने १० जना र बढुवा भएका २० जना शिक्षकलाई सम्मान गरिएको कार्यक्रममा शैक्षिक उपलब्धिका आधारमा विषयगत शिक्षक तथा प्रधानाध्यापकहरूलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी शैक्षिक वर्ष २०८१ र २०८२ को एसईई परीक्षामा शत प्रतिशत नतिजा हासिल गराउन योगदान गर्ने १३२ जना विषयगत शिक्षकलाई सम्मान गरिएको छ । उत्कृष्ट नतिजा ल्याउने २६ जना विषयगत शिक्षक, ४ जना प्रधानाध्यापक र ६ जना शिक्षकलाई पनि कार्यक्रममा सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा ४ जना बालविकास शिक्षक तथा उत्कृष्ट विद्यालयलाई समेत सम्मान गरिएको थियो ।
नगरपालिकाले शिक्षण सिकाइमा उत्कृष्ट योगदान गर्ने विद्यार्थी, शिक्षक र विद्यालयको प्रोत्साहनका लागि सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ । सम्मानले शैक्षिक क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्न विद्यार्थी, शिक्षक तथा विद्यालयलाई प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार