मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रेस युनियन स्याङ्जाद्वारा सात पत्रकार सम्मानित ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन ३, शनिबार
819
SHARES
प्रेस युनियन स्याङ्जाद्वारा सात पत्रकार सम्मानित ।

असोज ३, स्याङ्जा । नेपाल प्रेस युनियन स्याङ्जाको दशौँ अधिवेशनका अवसरमा जिल्लाका सात जना पत्रकारलाई विभिन्न विधाका पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
पत्रकारिता मार्फत समाजमा पुर्‍याएको योगदान र सम्बन्धित क्षेत्रमा गरेको कार्यको मूल्याङ्कन गर्दै युनियन तथा विभिन्न व्यक्तिहरूले स्थापना गरेका पुरस्कार पत्रकारहरूलाई प्रदान गरिएको हो ।
नेपाल प्रेस युनियन स्याङ्जाले स्थापना गरेको प्रेस युनियन सृजनशील पत्रकारिता पुरस्कार युनियनका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालालाई प्रदान गरिएको छ ।
त्यस्तै भरतराज ढकालले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार ओमप्रकाश शर्मालाई प्रदान गरिएको छ । संविधानसभा सदस्य राजु थापाले स्थापना गरेको जोखिम पत्रकारिता पुरस्कार भूपराज बस्याललाई प्रदान गरिएको हो ।
यसैगरी सुन्दर भण्डारीले स्थापना गरेको नेत्र स्मृति पत्रकारिता पुरस्कार पत्रकार अमृत अर्याललाई प्रदान गरिएको छ । गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले स्थापना गरेको गजिन्द्र प्रकाश स्मृति पत्रकारिता पुरस्कार टीकाराम अधिकारीलाई प्रदान गरिएको छ ।
त्यस्तै सुवर्णमान श्रेष्ठले स्थापना गरेको गोपालमान स्मृति पत्रकारिता पुरस्कार पत्रकार आरती कुँवरलाई र खुमा अर्यालले स्थापना गरेको कृषि पत्रकारिता पुरस्कार पत्रकार जीवन डोटेललाई प्रदान गरिएको हो ।
पुरस्कृत पत्रकारहरूलाई कार्यक्रममा सम्मानपत्र सहित पुरस्कार प्रदान गरिएको थियो । विभिन्न विधामा पत्रकारिता गर्दै आएका पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको आयोजकले जनाएको छ ।
गोपालमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारको नगद राशि ११ हजार १११ रुपैयाँ रहेको छ । अन्य पुरस्कारको नगद राशि सम्बन्धित पुरस्कारका संस्थापक तथा आयोजकले निर्धारण गरे अनुसार प्रदान गरिएको प्रेस युनियनका अध्यक्ष तोलाकान्त बगालेले जानकारी दिनुभयो ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार