मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई घाइते, एकको अवस्था गम्भीर ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन १, बिहीबार
1.7K
SHARES
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई घाइते, एकको अवस्था गम्भीर ।

प्रेम बहादुर थापा
१ असोज, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ६ भित्री पक्की सडकमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
बुधबार दिउँसो करिब १२ः२० बजे मिर्दीबाट चापाकोट तर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको विद्युतीय हाइस र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका ५ का ३२ वर्षीय सुरज अधिकारीको टाउको र अनुहारमा चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय सरोज विकको बायाँ हात र टाउकोमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको जनाइएको छ ।
घाइते दुवैलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन तथा हाइस चालक स्याङ्जाको भिरकोट नगरपालिका ८ रिपका करिब ४९ वर्षीय चोकबहादुर गुरुङलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ ।
घटना लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार