मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिरुवामा निःशुल्क आँखा शिविर, १२४ जनाको मोतिबिन्दुको शल्यक्रिया ।

  • deepkhabar deepkhabar
  • २०८३ आश्विन २४, शनिबार
1.6K
SHARES
बिरुवामा निःशुल्क आँखा शिविर, १२४ जनाको मोतिबिन्दुको शल्यक्रिया ।

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा स्वास्थ्य परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा ९११ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा १७७ जनामा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकामा १२४ जनाको सफलता पूर्वक शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो ।

गाउँपालिकाको आयोजना, बीएम फाउन्डेसनको सह–आयोजना तथा बीपी नेत्र प्रतिष्ठान, भक्तपुरको प्राविधिक सहयोगमा असोज २१ देखि २४ गतेसम्म शिविर सञ्चालन गरिएको थियो । शिविरमा ताइवान प्रिभेन्ट ब्लाइन्डनेस र कान्तिपुर डेन्टल कलेजको समेत सहयोग रहेको थियो ।
शल्यक्रिया गर्नुपर्ने देखिएका १७७ जना मध्ये पारिवारिक समस्याका कारण केही व्यक्ति शल्यक्रियाका लागि उपस्थित हुन नसकेको अध्यक्ष कुँवरले बताउनुभयो । शिविरले आर्थिक तथा भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित नागरिकलाई आफ्नै गाउँपालिकामा निःशुल्क आँखा उपचार सेवा लिन सहज बनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ आश्विन २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार