मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नौडाँडामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ।

  • deepkhabar deepkhabar
  • २०८३ भाद्र २०, शनिबार
1.3K
SHARES
नौडाँडामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ।

भाद्र २०, स्याङ्जा ।   स्याङ्जाको पुतलीबजार नगरपालिका ४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब ४ बजे नौडाँडाबाट सेतीदोभान तर्फ जाँदै गरेको ग.२५ प.९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग.१ ज.२४९३ नम्बरको ट्याक्सी ठोक्किँदा मोटरसाइकल चालक आँधिखोला गाउँपालिका ६ का २४ वर्षीय घनश्याम ढकाल घाइते हुनुभएको थियो ।
घाइते ढकाललाई उपचारका लागि पोखरा पठाइएकोमा गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्सी चालक पुतलीबजार ५ बास्कोटाका ३९ वर्षीय हरिराम पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



deepkhabar deepkhabar   
  • २०८३ भाद्र २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार